कक्षा १२ को परीक्षा आजदेखि सुरु [तस्बिरहरू]
जेठ २ गतेसम्म सञ्चालन हुने उक्त परीक्षाका लागि बोर्डले देशभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरेको छ।![कक्षा १२ को परीक्षा आजदेखि सुरु [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/Untitled-1-1746336645.jpg)
काठमाडौं, वैशाख २१ : आजदेखि देशभरका परीक्षा केन्द्रबाट कक्षा १२ को परीक्षाको सुरु भएको छ।
जेठ २ गतेसम्म सञ्चालन हुने उक्त परीक्षाका लागि बोर्डले देशभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरेको छ।
सबैभन्दा बढी काठमाडौँमा एक सय ६२ र कम मनाङ–मुस्ताङमा एक–एक परिक्षा केन्द्र निर्धारण गरिएको बोर्डले जानकारी दिएको छ।
परीक्षमा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी तथा आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना गरी कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थीले परिक्षा दिँदैछन्।
काठमाडौंमा कक्षा १२ को परीक्षा दिँदै गरेका विद्यार्थीका केही तस्बिरहरू:
प्रकाशित मिति: ११:१९ बजे, आइतबार, वैशाख २१, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार