कोरोना भाइरसबाट विश्वभर २ लाख ५२ हजारभन्दा धेरैले ज्यान गुमाए
काठमाडौं, वैशाख २३ : कोरोना भाइरसको सङ्क्रमणको कारण विश्वभर साढे दुई लाखभन्दा धेरैको ज्यान गएको छ । सङ्क्रमणको कारण अहिलेसम्म दुई लाख ५२ हजार दुई सयभन....

काठमाडौं, वैशाख २३ : कोरोना भाइरसको सङ्क्रमणको कारण विश्वभर साढे दुई लाखभन्दा धेरैको ज्यान गएको छ । सङ्क्रमणको कारण अहिलेसम्म दुई लाख ५२ हजार दुई सयभन्दा धेरैको ज्यान गएको हो । यस भाइरसरबाट ३६ लाख वढी संक्रमित रहेका छन् ।
सबैभन्दा धेरै अमेरिकामा ६९ हजार ६ सय जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा एक हजारभन्दा धेरैको ज्यान गएको छ । अमेरिकामा १२ लाखभन्दा धेरै सङ्क्रमित भएका छन् ।
यस्तै इटलीमा २९ हजार, बेलायतमा २८ हजार, फ्रान्स र स्पेनमा २५/२५ हजार जनाको ज्यान गएको छ । विश्वभर ३६ लाख ४० हजार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै छिमेकी देश भारतमा कोरोनाको कारण पछिल्लो २४ घण्टामा एक सय ५० भन्दा धेरैको ज्यान गएको छ ।
यो सँगै भारतमा ज्यान गुमाउनेको सङ्ख्या १५ सय ५० भन्दा माथि रहेको छ । भारतमा पछिल्लो २४ घण्टामा तीन हजार ९ सयभन्दा धेरै बिरामी थपिएका छन् । भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ४६ हजार चार सय ३० नाघेको छ ।
यसैबीच विश्वभर झण्डै १२ लाख जना कोरोना सङ्क्रमणबाट निको भएका छन् । त्यस्तै नेपालमा ७५ जनामा कोरोना सङ्क्रमण भएकोमा १६ जना निको भएका छन् ।











