एनआरएनए कार्ड छिटै वितरण हुन्छ : परराष्ट्रमन्त्री राणा

काठमाडौं, वैशाख २० : परराष्ट्रमन्त्री आरजु राणा देउवाले गैरआवासिय नेपाली (एनआरएनए)को परिचयपत्र (एनआरएनए कार्ड) मस्यौदाको अन्तिम चरणमा रहेको भन्दै छिटै नयाँ रुपमा वितरण गर्ने बताएकी छन्।
एनआरएनएको एकता महाधिवेशन उद्घाटन सत्रमा बोल्दै परराष्टमन्त्री देउवाले परराष्ट्र मन्त्रालयमा मस्यौदा भइरहेको विधेयकलाई अन्तिम रुप दिँदै कार्ड वितरण हुने संकेत गरिन्।
सर्वोच्च अदालतको फैसला अनुसार पूर्वअध्यक्ष शेष घलेको नेतृत्वमा शनिबारदेखि एकता महाधिवेशन शुरु भएको छ। उक्त महाधिवेशनको उद्घाटन सत्रमा बोल्ने एनआरएनएका पूर्व अध्यक्षहरुले परिचयपत्रको बारेमा प्रश्न उठाएपछि परराष्ट्रमन्त्री देउवाले छिटै वितरणको वाचा गरेकी हुन्।
परराष्ट्रमन्त्री देउवाले सर्वोच्चको फैसला कार्यान्वयन गर्ने दायित्व अन्र्तगत एकता महाधिवेशन भएको भन्दै सवै गैरआवासिय नेपालीहरुलाई मिलाएर लैजान पनि शुभकमना दिइन्।
उनले नेपालीहरुको एकताले नै देशलाई सहयोग पुग्ने भन्दै विवादलाई सबैले विर्सेर एकता गर्न आग्रह गरिन्।