‘मिथिला संस्कृतिको पुनर्जागरणमा सबै पक्षको सहभागिता अनिवार्य’
उनले संघ, प्रदेश, स्थानिय तह, समुदाय र विश्वविद्यालयको सामुहिक प्रयासबाट मात्र मिथिला संस्कृतिको पुनस्थापना हुन सकिने भन्दै यसको लागि मन्त्रालय पूर्ण रुपमा कटिबद्ध रहेको बताए।
काठमाडौं, वैशाख २० : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले मिथिला सभ्यता र संस्कृतिको पुन जागरणमा मन्त्रालय पूर्ण रुपमा कटिबद्ध रहेको बताएका छन्।
शनिबार काठमाडौंमा जानकी नवमीको अवसरमा आयोजित ‘सीता प्राकट्य दिवस समारोह’ नामक कार्यक्रममा उनले संघ, प्रदेश, स्थानिय तह, समुदाय र विश्वविद्यालयको सामुहिक प्रयासबाट मात्र मिथिला संस्कृतिको पुनस्थापना हुन सकिने भन्दै यसको लागि मन्त्रालय पूर्ण रुपमा कटिबद्ध रहेको बताए।
‘मिथिला सभ्यता र संस्कृतिको पुन जागरणमा सबै पक्षको महत्वपूर्ण भूमिका रहनुपर्छ। संघ, प्रदेश, स्थानिय तह, समुदाय र विश्वविद्यालयको सामुहिक प्रयासबाट मात्र मिथिला संस्कृतिको पुनस्थापना हुन सकिन्छ,’ उनले भने, ‘यसको लागि हाम्रो मन्त्रालय पूर्ण रुपमा कटिबद्ध रहेको कुरा व्यक्त गर्न चाहान्छु । मिथिला संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्न हाम्रो साझा दायित्व हो र मन्त्रालय यस संस्कृतिको बैभव पुन फर्काउने गरि काम गरिरहेको छ।’
मन्त्री पाण्डेले मिथिला, किराँत, नेवा, खस जस्ता समृद्ध सभ्यता र संस्कृतिको आधारभूमि देश नेपाल भएको भन्दै यी गौरवमय सभ्यता र इतिहासले नेपाललाई सांस्कृतिक रुपमा सम्पन्न बनाएको बताए।
‘मिथिला र यसको राजधानी जनकपुरधामको इतिहास गौरवमय छ नेपाल राज्यको विशेषता यही हो कि यसमा मिथिला, किराँत, नेवा, खस जस्ता समृद्ध सभ्यता र संस्कृतिको आधारभूमि हाम्रो देश हो। यी गौरवमय सभ्यता र इतिहासले नै हामीलाई सांस्कृतिक रुपमा सम्पन्न बनाएका छन्,’ उनले भने।
मिथिला संस्कृतिले बोकेको सभ्यता र विभिन्न आयामहरु आफंैमा अनुकरणिय र निकै महत्वपूर्ण रहेको पनि उनको भनाई छ।