Kathmandu Press

देशको जिम्मेवारी तरुणको काँधमा छ : डा. कोइराला

राष्ट्र, राष्ट्रियता र लोकतन्त्रको सुदृढीकरण तथा देशको आर्थिक विकासका निम्ति युवावर्गले सचेत भएर काम गर्नुपर्ने नेता डा. कोइरालाको भनाई छ। 
देशको जिम्मेवारी तरुणको काँधमा छ : डा. कोइराला

नवलपुर, वैशाख २० : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले तरुणहरुको काँधमा देशको जिम्मेवारी रहेको बताएका छन्। 

नवलपरासीको गैँडाकोटमा आयोजित नेपाल तरुण दलको पूर्णकालीन सदस्यता वितरण कार्यक्रममा उनले भविष्यमा देशको नेतृत्व युवाले गर्ने भएकाले राष्ट्रलाई केन्द्रमा राखेर काम गर्न उनीहरुलाई आह्वान गरे।

Hardik ivf

राष्ट्र, राष्ट्रियता र लोकतन्त्रको सुदृढीकरण तथा देशको आर्थिक विकासका निम्ति युवावर्गले सचेत भएर काम गर्नुपर्ने नेता डा. कोइरालाको भनाई छ। 

नेता कोइरालाले शुक्रबार प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम अक्षरसः कार्यान्वयमा जोड दिए।

नीति तथा कार्यक्रममा समावेश भएका कार्यक्रम उपयोगी रहेका र तिनको अक्षरसः कार्यक्रम अपरिहार्य छ रहेको उनले बताए। नीति तथा कार्यक्रम कार्यान्वयन पक्ष फितलो हुन नहुने उनले बताए। 

यस्तै, उनले कांग्रेसको १५औं महाधिवेशन तोकिएको समयभित्रै गर्नुपर्ने बताबताए। महाधिवेशनले पार्टीलाई एकताबद्ध बनाउने बताउँदै उनले महाधिवेशनबाट पार्टी अझ सशक्त बन्ने विश्वास व्यक्त गरे।

प्रकाशित मिति: १४:०३ बजे, शनिबार, वैशाख २०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्