आपसी मित्रता, प्रेम र सद्भाव जागृत गराउन आवश्यक : राष्ट्रपति
राष्ट्रपति पौडेलले काठमाडौ नागार्जुन–७ रामकोटस्थित बद्रिनारायण धाम उद्घाटन समारोहलाई शनिबार यहाँ सम्बोधन गर्दै सो धारणा व्यक्त गरे।-(5)-1746257266.jpeg)
काठमाडौं, वैशाख २० : राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो देश पूर्वीय ज्ञान परम्पराको स्रोत भएको तथा यो ज्ञान, परम्परा र सभ्यताभित्र अनेक संस्कृति र सभ्यताको एकता र ऐक्यबद्घता देख्न सकिने बताएका छन्।
उनले यो ऐक्यबद्धताले विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको भावना जागृत गराउने काममा मद्धत गर्न सक्नुपर्नेमा जोड दिएका हुन्। राष्ट्रपति पौडेलले काठमाडौ नागार्जुन–७ रामकोटस्थित बद्रिनारायण धाम उद्घाटन समारोहलाई शनिबार यहाँ सम्बोधन गर्दै सो धारणा व्यक्त गरे।
‘हाम्रो देश पूर्वीय ज्ञान परम्पराको स्रोत भएको तथा यो ज्ञान, परम्परा र सभ्यताभित्र अनेक संस्कृति र सभ्यताको एकता र ऐक्यबद्घता देख्न सकिन्छ । यो ऐक्यबद्धताले विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको भावना जागृत गराउने काममा मद्धत गर्न सक्नुपर्दछ, यसका लागि मानिसभित्र आपसी मित्रता, प्रेम, सद्भाव र सहअस्तित्वको पवित्र विचार सृजना गर्न आवश्यक छ’, उनले भने।
-(9)-1746257277.jpeg)
उनले आज भौतिक विकाससँगै आध्यात्मिक चेतना, ज्ञान र जागरणको महशुस वर्तमान विश्वले गरिरहेको बताउँदै आज मान्छे भौतिक विकासभित्र सुख र शान्तिको लागि भांैंतारिहेको यही कारण भएको बताए।
सम्प्रदायभन्दा माथि धर्म र धर्मभन्दा माथि अध्यात्म हुन्छ हुन्छ भन्दै उनले यस्तो आध्यात्मिक केन्द्र नेपालकै राजधानी काठमाडौंको पश्चिमी पवित्र भू–भागको सुगम स्थलमा अब हामीले पाएको बताए।
राष्ट्रपति पौडेलले वैदिक सनातन संस्कति र परम्परामा रहिआएको विश्वासअनुसार अत्यन्त महत्वपूर्ण मानिएको बद्रिधाम निर्मांणले खुसी ल्याउने विश्वास व्यक्त गरे। उनले यस धामले नेपालको पर्यटन प्रवर्धनको माध्यमबाट आर्थिक समुन्नतिमा पनि टेवा पुग्ने बताए।










![नयाँ बसपार्कमा लाग्याे दसैं, यात्रुको घुइँचो [तस्बिररू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-19_17443265-1791548708.jpg)
-1791548477.jpg)