Kathmandu Press

‘सरकारको नीति तथा कार्यक्रम कागजको खोस्टा जस्तो’

‘अहिले सबैभन्दा ठुलो समस्या युवाहरुको हो, आन्तरिक सुरक्षाको कुरा, रोजगारीको कुरा आउनुपथ्र्यो त्यो केही पनि आएन। यो पुरोनो ढड्णामा भएको कागजको खोस्टा जस्तो छ। सुगा रटाई जस्तो छ,’ उनले भने।
‘सरकारको नीति तथा कार्यक्रम कागजको खोस्टा जस्तो’

काठमाडौं, वैशाख १९ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका प्रवक्ता एवं सांसद ज्ञानेन्द्र शाहीले सरकारले ल्याएको नीति तथा कार्यक्रम पुरानो कागजको खोस्टा जस्तो भएको बताएका छन्। 

शुक्रबार सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमपछि संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले युवाहरुको समस्या समाधान गर्ने भन्दा पनि सुगा रटाई र कागजको खोस्टा जस्तो भएको बताएका हुन्। 

Hardik ivf

‘अहिले सबैभन्दा ठुलो समस्या युवाहरुको हो, आन्तरिक सुरक्षाको कुरा, रोजगारीको कुरा आउनुपथ्र्यो त्यो केही पनि आएन। यो पुरोनो ढड्णामा भएको कागजको खोस्टा जस्तो छ। सुगा रटाई जस्तो छ,’ उनले भने।

सांसद शाहीले लुटतन्त्रको विरुद्धमा जनआवाजलाई दबाउनको लागि सरकारले यो वर्ष नयाँ नीति ल्याएको बताए।  

‘सरकारले यो वर्ष नयाँ कुरा व्यवस्था र लुटतन्त्रको विरुद्धमा बोल्ने मान्छेलाई तह लगाउने कुरा नीति तथा कार्यक्रममा नेपालको इतिहासमा आएको थिएन त्यो पहिलो पटक आएको छ,’ उनले भने, ‘यो अगुल्टोले हानेको विरालो विजूलीदेखि तर्सिन्छ भनेझै सरकार तर्सियो। लुटतन्त्रको विरुद्धमा जनआवाजलाई दबाउनको लागि यो नीति तथा कार्यक्रममा ल्याएको छ।’ 

सांसद शाहीले भ्रष्टाचारीको संरक्षकको लागि मात्र नीति कार्यक्रम आएको बताए। 
 

प्रकाशित मिति: २०:१९ बजे, शुक्रबार, वैशाख १९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्