रेशम चौधरीलाई थुनाउने विष्टलाई चार दिन थुना अनुमति
शुक्रबार अदालतमा पेश गरिएका विष्टलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले काठमाडौं प्रहरीलाई अनुमति दिएको हो।
काठमाडौं, वैशाख १९ : रेशम चौधरीलाई थुनामा पठाउने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं अदालतले अनुमति दिएको छ।
शुक्रबार अदालतमा पेश गरिएका विष्टलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले काठमाडौं प्रहरीलाई अनुमति दिएको हो।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न ‘अनधिकृत’ पत्र लेखेको आरोपमा विष्ट पक्राउ परेका थिए । विष्टविरुद्ध लिखत किर्ते कसुरमा अनुसन्धानका लागि म्यमद थपिएको हो।
मुलुकी अपराध संहिता–२०७४ को दफा २७६ (३) को ‘क’ र ‘ख’ अनुसार यस्तो कसुरमा ८ वर्षसम्म कैद र ८० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानुनी व्यवस्था छ।
प्रकाशित मिति: १९:३६ बजे, शुक्रबार, वैशाख १९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![नयाँ बसपार्कमा लाग्याे दसैं, यात्रुको घुइँचो [तस्बिररू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-19_17443265-1791548708.jpg)
-1791548477.jpg)