Kathmandu Press

सरकारको नीति परम्परागत र निराशाजनक : पूर्वअर्थमन्त्री पुन

‘संसदलाई छलेर कार्यक्रम आफू खुसी गर्न खोजे जस्तो देखिन्छ। बजेट पनि यस्तै निरस, अमूर्त र गन्तव्यहीन आउने संकेत देखिएको छ, यसले आर्थिक सुशासन र दिगो विकासमा योगदान पुर्‍याउन सक्दैन,’ उनले भने।
सरकारको नीति परम्परागत र निराशाजनक : पूर्वअर्थमन्त्री पुन

काठमाडौं, वैशाख १९ : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नीति तथा कार्यक्रम हेर्दा सरकार गन्तव्यविहीन जस्तो लागेको बताएका छन्।

पूर्वअर्थमन्त्री समेत रहेका पुनले संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै परम्परागतबाट माथि उठ्न नसकेको बताएका हुन्।

Hardik ivf

‘यो नीति कार्यक्रम हेर्दा गन्तव्यविहीन जस्तो लाग्यो। अर्कोतिर निराश खालको लाग्यो। एउटा परम्परागत खालको लाग्यो। विगतमा नीति स्पष्ट गरिन्थ्यो,’ उनले भने, ‘मूल कार्यक्रमहरू सरकारले संसदमा नै प्रस्तुत गर्ने हो र त्यो कार्यक्रममा बजेट राख्ने र त्यसमा स्रोत जुटाउने काम हुन्थ्यो। यसपटक त्यस्तो छैन। त्यसैले सरकार गन्तव्यहीन चलिरहेको छ। त्यस्तो ल्याएको देखिन्छ।’

साथै उनले सरकारले अहिले कार्यक्रम नराखेर संसदलाई छलेर आफू अनूकुलको योजना राख्न खोजेको बताए।

‘संसदलाई छलेर कार्यक्रम आफू खुसी गर्न खोजे जस्तो देखिन्छ। बजेट पनि यस्तै निरस, अमूर्त र गन्तव्यहीन आउने संकेत देखिएको छ, यसले आर्थिक सुशासन र दिगो विकासमा योगदान पुर्‍याउन सक्दैन,’ उनले भने।

प्रकाशित मिति: १९:१४ बजे, शुक्रबार, वैशाख १९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्