Kathmandu Press

यस्तो छ सरकारको नीति तथा कार्यक्रम ​​​​​​​[पूर्णपाठ]

नीति तथा कार्यक्रममा परिवर्तन र उपलव्धीप्रति जनतालाई गौरवबोध गराइने, सरकारप्रति जनताको विश्वास जगाउने,सुशासन कायम गर्ने लगायतका प्रतिवद्धता रहेका छन्। 
यस्तो छ सरकारको नीति तथा कार्यक्रम ​​​​​​​[पूर्णपाठ]

काठमाडौं, वैशाख १९ : राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सरकारको आगामी आर्थिक वर्ष २०८२÷८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरे । नीति तथा कार्यक्रममा महत्वाकांक्षी योजनाहरु अघि सारिएका छन्। 

नीति तथा कार्यक्रममा परिवर्तन र उपलव्धीप्रति जनतालाई गौरवबोध गराइने, सरकारप्रति जनताको विश्वास जगाउने,सुशासन कायम गर्ने लगायतका प्रतिवद्धता रहेका छन्। 

Hardik ivf

साथै, राजनीतिक स्थिरतालाई निरन्तरता दिँदै नीतिगत स्थिरता सुनिश्चित गर्ने प्रतिबद्धता पनि छ । यस्तै, विकास निर्माणका क्रममा देखिएका कमजोरीलाई सुधार गर्न ढाँचा परिवर्तन गर्ने प्रतिबद्धता पनि सरकारबाट आएको छ। 

अराजकता फैलाउनेविरुद्ध सरकार दृढ रहेको र गणतन्त्रविरुद्धका प्रतिक्रियालाई कडा प्रतिवाद गर्ने भनिएको छ। यस्का अतिरिक्त संविधानको समीक्षा गरी आवश्यक संशोधन गरिने बताक्ष्एको छ। 

यस्तै, विगतमा घोषणा गरिएका विकासका कार्यक्रमलाई पुनः प्राथमीकीकरण गर्ने नीति सरकारले ल्याएको छ । स्रोत सुनिश्चितता गरी सम्भावना नभएका आयोजना स्थगत गर्ने र खारेज गरिने भएको छ। 

आगामी दशकलाई रोजगारी दशकका रूपमा मनाउने भनिएको छ। यसका अतिरिक्त उद्यमशीलतालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने आधार बनाइने छ। योगदानमा आधारित सामाजिक सुरक्षालाई अनिवार्य गरिने प्रतिबद्धता समेत छ। 

प्रकाशित मिति: १६:५९ बजे, शुक्रबार, वैशाख १९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्