प्रधानमन्त्री ओली असंलग्न राष्ट्रको अनलाइन शिखर सम्मेलनमा सहभागी
काठमाडौं, वैशाख २२ : प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न आन्दोलन (नाम) को सम्पर्क समूहको अनलाइन शिखर सम्मेलनमा सहभागी भएका छन्।
....

काठमाडौं, वैशाख २२ : प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न आन्दोलन (नाम) को सम्पर्क समूहको अनलाइन शिखर सम्मेलनमा सहभागी भएका छन्।
सम्मेलनको उद्घाटन अजरबैजानका राष्ट्रपति एवं नामका अध्यक्ष इल्याम एलियेबले गरेका थिए। संवादमा विश्वव्यापी महामारी भइरहेको कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि जारी पहल र विश्व समुदायको साझा दायित्व तथा नामको भूमिकाबारे विचारविमर्श भएको थियो।
सोमबार सिंहदरबारस्थित एक्सन कक्षबाट प्रधानमन्त्री ओलीका साथ परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उनका मुख्य सल्लाहकार विष्णु रिमालसहित उच्चपदस्थ अधिकारी सहभागी भएका थिए। नाम विश्वका कुनै पनि शक्ति पक्षसँग सम्लग्न भएका १२० मुलुकहरुको साझा मञ्च हो। संयुक्त राष्ट्र सङ्घपछि विश्वमा यो दोस्रो ठूलो राष्ट्रहरुको मञ्च मानिन्छ। यसको स्थापना सन् १९६१ मा भएको थियो।
विश्वमा कोरोना सङ्कटपछि यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का शीर्ष नेताहरुको पनि भिडियो संवाद भएको थियो।











