Kathmandu Press

आगामी दशकलाई रोजगारी दशकका रूपमा मनाइने घोषणा 

‘देशभित्रै उद्यमशीलता विकास गरी युवा रोजगारी सिर्जना गरिनेछ। आगामी दशकलाई युवा रोजगारी दशका रूपमा मनाइनेछ,’ नीति तथा कार्यक्रममा उल्लेख छ। 
आगामी दशकलाई रोजगारी दशकका रूपमा मनाइने घोषणा 

काठमाडौं, वैशाख १९ : सरकारले आगामी दशकलाई रोजगारी दशकका रूपमा मनाउने भएको छ। 

यस्का लागि सबै क्षेत्रलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्धता गरिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन्। 

सरकारले उद्यमशीलतालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने आधार बनाइएको छ।

‘देशभित्रै उद्यमशीलता विकास गरी युवा रोजगारी सिर्जना गरिनेछ। आगामी दशकलाई युवा रोजगारी दशका रूपमा मनाइनेछ,’ नीति तथा कार्यक्रममा उल्लेख छ। 

योगदानमा आधारित सामाजिक सुरक्षालाई अनिवार्य गरिने भनिएको छ। श्रम गर्ने संस्कृतिको विकास गर्दै श्रमलाई सम्मान गर्ने संस्कृति निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। 

प्रकाशित मिति: १६:४४ बजे, शुक्रबार, वैशाख १९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्