Kathmandu Press

चुरे संरक्षणका लागि गुरुयोजना पुनरावलोकन गरिने 

सरकारले राष्ट्रपति चुरे तराई मधेश संरक्षण परियोजनाको पुनर्संरचना गरी राष्ट्रिय चुरे संरक्षण आयोजनाको रूपमा अघि बढाउने भएको छ।
चुरे संरक्षणका लागि गुरुयोजना पुनरावलोकन गरिने 

काठमाडौं, वैशाख १९ : चुरे संरक्षणका लागि सरकारले बनाएको गुरुयोजना पुनरावलोकन गरिने भएको छ। 

सरकारले राष्ट्रपति चुरे तराई मधेश संरक्षण परियोजनाको पुनर्संरचना गरी राष्ट्रिय चुरे संरक्षण आयोजनाको रूपमा अघि बढाउने भएको छ। आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रममा उक्त योजना समेटिएको हो। 

‘चुरे संरक्षणका लागि गुरुयोजना पुनरावलोकन गरिने छ । राष्ट्रपति चुरे तराई मधेश संरक्षण परियोजनाको पुनर्संरचना गरी राष्ट्रिय चुरे संरक्षण आयोजनाको रूपमा अघि बढाइनेछ,’ राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ। 

२०७१ सालमा ‘राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति (गठन) आदेश’ मार्फचत सरकारले  काम थालेको थियो । त्यसपछि चुरे संरक्षणको २० वर्षे गुरुयोजना बनाएर सुरु गरिएको थियो। 

प्रकाशित मिति: १६:४१ बजे, शुक्रबार, वैशाख १९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्