Kathmandu Press

कर्णाली प्रदेशका सबै नाका राति १२ बजेदेखि एक हप्ताका लागि सिल

वीरेन्द्रनगर, वैशाख २२ :  कर्णाली प्रदेश सरकारले एक हप्ताका लागि सबै नाका पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ। 

सोमबार बसेको विप....

कर्णाली प्रदेशका सबै नाका राति १२ बजेदेखि एक हप्ताका लागि सिल

वीरेन्द्रनगर, वैशाख २२ :  कर्णाली प्रदेश सरकारले एक हप्ताका लागि सबै नाका पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ। 

सोमबार बसेको विपद् व्यवस्थापन केन्द्रको बैठकले सोमबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशमा प्रवेश गर्ने सबै नाका एक हप्ताका लागि पूर्वरुपमा बन्द गर्ने निर्णय गरेको हो।

पाँच नम्बर प्रदेशको बाँकेमा कोरोनाका संक्रमित बढ्दै गएपछि कर्णाली प्रदेशमा जोखिम न्यूनिकरण गर्न भन्दै बैठकले लकडाउनलाई कडाइका साथ पालना गराउन सवारी तथा पैदलमार्ग पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो। 

बैठकले स्थानीय तहलाई लकडाउन कार्यान्वयनमा तदारुकताका साथ लाग्न पनि निर्देशन दिएको छ। भारत लगायत तेस्रो मुलुकबाट कर्णाली प्रदेशभित्र प्रवेश गरेका सबै नागरिकको अवस्था र विवरण सम्बन्धित स्थानीय तहले तयार पारी प्रदेश सरकारलाई जानकारी गराउन निर्देशन पनि बैठकले दिएको छ।

प्रकाशित मिति: २०:५३ बजे, सोमबार, वैशाख २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्