Kathmandu Press

भृकुटीमण्डपलाई अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र र मनोरञ्जन पार्क बनाउने सरकारकाे घाेषणा

‘काठमाडौंको केन्द्रमा रहेको भृकुटीमण्डप क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको सभा सम्मेलन प्रदर्शनी केन्द्र मनोरञ्जन पार्कको रुपमा विकास गरिने छ,’ उनले भने।
भृकुटीमण्डपलाई अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र र मनोरञ्जन पार्क बनाउने सरकारकाे घाेषणा

काठमाडौं, वैशाख १९ : सरकारले काठमाडौंको केन्द्रमा रहेको भृकुटीमण्डप क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको सभा सम्मेलन प्रदर्शनी केन्द्र विकास गर्ने भएको छ। 

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै काठमाडौंको केन्द्रमा रहेको भृकुटीमण्डप क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको सभा सम्मेलन प्रदर्शनी केन्द्र मनोरञ्जन पार्कको रुपमा विकास गरिने जानकारी दिए। 

Hardik ivf

‘काठमाडौंको केन्द्रमा रहेको भृकुटीमण्डप क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको सभा सम्मेलन प्रदर्शनी केन्द्र मनोरञ्जन पार्कको रुपमा विकास गरिने छ,’ उनले भने।

त्यस्तै उनले ‘रेल तथा जल यातायात सञ्चालन गरी ढुवानी लागत घटाइने, अत्यावश्यक वस्तु तथा सेवा अभाव हुन नदिन भण्डारण क्षमता, मूल्य गुणस्तर अनुगमनमा जोड दिइने पनि जानकारी दिए। 

‘रेल तथा जल यातायात सञ्चालन गरी ढुवानी लागत घटाइने छ । उत्पादन र लागत घटाउन दिगो पूर्वाधार विकास  गरिनेछ। अत्यावश्यक वस्तु तथा सेवा अभाव हुन नदिन भण्डारण क्षमता, मूल्य गुणस्तर अनुगमनमा जोड दिइनेछ,’ राष्ट्रपति पौडेलले भने।
 
प्रकाशित मिति: १६:२६ बजे, शुक्रबार, वैशाख १९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्