Kathmandu Press

जलविद्युत आयोजनामा रेमिट्यान्स परिचालन गरिने 

आयोजना निर्माण गर्दा वैदेशिक रोजगारीमा गएका नागरिकको रेमिट्यान्स समेत प्रयोग गरिने जनाइएको छ। 
जलविद्युत आयोजनामा रेमिट्यान्स परिचालन गरिने 

काठमाडौं, वैशाख १९ : राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वर्षका लागि प्रश्तुत गरेको नीति तथा कार्यक्रममा जनताको जलविद्युत् आयोजनाअन्तर्गत स्वदेशी पुँजी परिचालन गरी आयोजना अघि बढाइने प्रतिबद्धता जनाइएको छ। 

स्वदेशी लगानीमा जलविद्युत् आयोजना निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। आयोजना निर्माण गर्दा वैदेशिक रोजगारीमा गएका नागरिकको रेमिट्यान्स समेत प्रयोग गरिने जनाइएको छ। 

यस्तै, विद्युत् खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरण गर्न घरायसी, कृषि, यातायात तथा पर्यटकीय क्षेत्रमा विद्युतीय उपकरणको प्रयोग बढाइने भएको छ। 

विद्युत् आपूर्तिको सहजताका लागि ठूला आयोजना निर्माण सरकारको प्राथमिकता रहेको उल्लेख छ । बहुउद्देश्यीय तथा जलाशययुक्त आयोजना अघि बढाइने कार्यक्रममा उल्लेख छ। 

ऊर्जा सुरक्षा कायम गर्नको लागि पनि बहुउद्देश्यीय आयोजनाको लागि उपयुक्त मोडेल अपनाइने छ भने राष्ट्रिय ग्रीड नपुगेका ठाउँमा वैकल्पिक माध्यमबाट विद्युत् आपूर्ति गरिने गरिने छ। 

साथै, नीति तथा कार्यक्रममा प्रसारण लाइन निर्माण, ह्वीलिङ चार्ज शुल्क निर्धारण अन्य आवश्यक र नीतिगत नियम बनाइने भनिएको छ। 

प्रकाशित मिति: १६:११ बजे, शुक्रबार, वैशाख १९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्