Kathmandu Press

सरकारी सेवामा इन्टर्न प्रयोग गरिने, कृषिसम्बन्धी परियोजनामा धितो राखेर कर्जा दिइने 

स्नातकभन्दा माथिल्लो तहका विद्यार्थीलाई अनुसन्धानमूलक काममा आबद्ध गराउने र हप्ताको २० घन्टाको ज्याला पनि निर्धारण गरिने उनले बताए।
सरकारी सेवामा इन्टर्न प्रयोग गरिने, कृषिसम्बन्धी परियोजनामा धितो राखेर कर्जा दिइने 

काठमाडौं, वैशाख १९ : सरकारले सरकारी सेवामा इन्टर्न राख्ने घोषणा गरेको छ। 

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै स्थानीय तहदेखि केन्द्रसम्म सरकारी सेवामा इन्टर्न प्रयोग गरिने बताएका हुन्।

Hardik ivf

‘स्थानीयदेखि केन्द्रसम्म सरकारी सेवामा इन्टर्नलाई प्रयोग गरिनेछ। स्नातक तहभन्दा माथिका विद्यार्थीलाई विभिन्न अनुसन्धान संस्थामा आबद्ध गराइनेछ। हप्तामा २० घन्टाको न्यूनतम ज्याला निर्धारण गरी कमाउँदै पढ्दैको नीति लागू गरिनेछ,’ उनले भने।

त्यस्तै स्नातकभन्दा माथिल्लो तहका विद्यार्थीलाई अनुसन्धानमूलक काममा आबद्ध गराउने र हप्ताको २० घन्टाको ज्याला पनि निर्धारण गरिने उनले बताए।

राष्ट्रपति पौडेलले कृषि उद्यम परियोजनालाई धितो राखेर कृषि कर्जा दिइने समेत बताए । नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उनले त्यस्ता कर्जामा युवा पुस्तालाई समेट्ने बताए। 

कृषिलाई प्रवद्र्धन गर्नका लागि भूमि बैंकलगायतका कार्यक्रम सञ्चालन गरिने उनले बताए । उनले कृषिकार्यमा हुने आकस्मिक क्षतिको परिपूरण हुने पनि बताए। 

उनले नेपालमै प्रांगरिक मल उत्पादन गरिने र रासायनिक मलको बिक्री वितरण नयाँ तरिकाले सञ्चालन गरिने बताए।
 

प्रकाशित मिति: १६:०८ बजे, शुक्रबार, वैशाख १९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्