Kathmandu Press

संविधान संशोधन प्रक्रिया शुरु गरी पुर्नउत्थानवादीको प्रतिवाद गरिने 

‘संविधानको समीक्षा गर्ने, यसका सवल पक्षलाई सुदृढ गरिने छ । कार्यान्वयनका क्रममा देखिएका कमीकमजोरी सच्याउन सहमतिको आधारमा संशोधनको प्रक्रिया अघि बढाइने छ,’ नीति तथा कार्यक्रममा उल्लेख छ।
संविधान संशोधन प्रक्रिया शुरु गरी पुर्नउत्थानवादीको प्रतिवाद गरिने 

काठमाडौं, वैशाख १९ : सरकारले प्रश्तुत गरेको नीति तथा कार्यक्रममा संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्मा नीति तथा कार्यक्रम प्रश्तुत गर्नेक्रममा उक्त प्रतिबद्धता आएको हो। 

Hardik ivf

नीति तथा कार्यक्रममा संविधानको समीक्षा गर्ने र कमजोरीलाईलाई सच्याउन सहमतिका आधारमा संशोधनको प्रक्रिया अघि बढाउने उल्लेख भनिएको छ।

‘संविधानको समीक्षा गर्ने, यसका सवल पक्षलाई सुदृढ गरिने छ । कार्यान्वयनका क्रममा देखिएका कमीकमजोरी सच्याउन सहमतिको आधारमा संशोधनको प्रक्रिया अघि बढाइने छ,’ नीति तथा कार्यक्रममा उल्लेख छ।

एमालेको नेतृत्वमा सरकार बनाउने बेला कांग्रेससँग भएको ७ बुँदे सहमतिमा संविधान संशोधनको काम अघि बढाउने उल्लेख थियो। नीति तथा कार्यक्रममा संघीय लोकतान्त्रिक व्यवस्थाको सुदृढिकरण गर्ने र यसविरुद्धका गतिविधिको प्रतिवाद गर्ने समेत उल्लेख छ।

संविधान र संघीय लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढिकरण गर्ने र यसका विरुद्धमा हुने कुनै पनि प्रकृतिका प्रतिगामी पुर्नउत्थानवादी अराजक गतिविधिको प्रतिवाद गर्ने भनिएको छ। 
 

प्रकाशित मिति: १५:५७ बजे, शुक्रबार, वैशाख १९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्