Kathmandu Press

यस्तो छन्, नीति तथा कार्यक्रमका प्राथमिकता 

संविधान र लोकतान्त्रिक शासन व्यवस्थालाई प्रवर्द्धन, संविधानको समीक्षा गर्नेजस्ता विषय सार्वजनिक नीति तथा कार्यक्रमको प्राथमिकता रहेको छ। 
यस्तो छन्, नीति तथा कार्यक्रमका प्राथमिकता 

काठमाडाैं, वैशाख १९ : सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वर्षका लागि तयार पारेको नीति तथा कार्यक्रम प्रस्तुत गरेरिरहेका छन् । 

संविधान र लोकतान्त्रिक शासन व्यवस्थालाई प्रवर्द्धन, संविधानको समीक्षा गर्नेजस्ता विषय सार्वजनिक नीति तथा कार्यक्रमको प्राथमिकता रहेको छ। 

Hardik ivf

‘संविधान र लोकतान्त्रिक शासन व्यवस्थालाई प्रवर्द्धन गर्ने, संविधानको समीक्षा गर्ने, कार्यान्वयनका कमीकमजोरी सुधार्न पहल गर्ने विकास निर्माणमा देखा परेका कमीकमजोरी सुधारका लागि विकासको ढाँचा, गति र प्रवृत्ति परिवर्तन गर्ने परियोजना पुनरावलोकन गरी समयतालिका निर्धारण गर्ने निर्माणाधीन तथा निर्माण गर्नुपर्ने योजनाका लागि सम्भावना नभएका परियोजना खारेजीसम्म गर्ने,’ नीति तथा कार्यक्रमको प्राथमिकतामा उल्लेख छ।

यस्तै, नीति तथा कार्यक्रमले विद्यालय शिक्षामा देखिएका कमीकमजोरी अन्त्यका लागि कानुनी प्रबन्ध गर्ने, उद्यमशिलतामैत्री शिक्षाको नीति अपनाई श्रम क्षेत्रमा रहेको सीपयुक्त श्रमशक्तिको अभाव सीपहिन जनशक्ति जगेडा रहने अवस्थाको अन्त्य गर्ने, यसका लागि हालको पाठ्यक्रम, सिकाइ र अध्यायपन विधिमा व्यापक सुधार गर्नेलगायत पनि प्राथमिकतामा उल्लेख गरेको छ।

प्रकाशित मिति: १५:५४ बजे, शुक्रबार, वैशाख १९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्