Kathmandu Press

वामदेव एकीकृत समाजवादीका सांसदसँगैको लहरमा बसे  

राष्ट्रपतिबाटसरकारको नीति तथा कार्यक्रम वाचन भइरहेको बैठकको शुरुमै गौतम नेकपा एकीकृत समाजवादीका सांसदहरुको लहरमा बसेका हुन्। 
वामदेव एकीकृत समाजवादीका सांसदसँगैको लहरमा बसे  
फाइल तस्बिर।

काठमाडौं, वैशाख १९ : राष्ट्रिय सभाका मनोनित सांसद वामदेव गौतम संघीय संसदको संयुक्त बैठकमा नेकपा एकीकृत समाजवादीका सांसदहरुसँगै बसेका छन्।

राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम वाचन भइरहेको बैठकको शुरुमै गौतम नेकपा एकीकृत समाजवादीका सांसदहरुको लहरमा बसेका हुन्। 

उनी समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगैको कुर्सीमा बसेका छन्। 

गौतमको एमालेमा प्रवेश गर्न कुरा नमिलेपछि समाजवादीसँग छलफलमा थिए। 
 

प्रकाशित मिति: १५:३८ बजे, शुक्रबार, वैशाख १९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्