सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । संसद्को दुवै सदनको संयुक्त बैठकमा पौडेलले दिउँसो ३ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ ।
काठमाडौं, वैशाख १९ : सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सदनमा प्रस्तुत गर्दै छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । संसद्को दुवै सदनको संयुक्त बैठकमा पौडेलले दिउँसो ३ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ।
संविधानको धारा ९५ मा राष्ट्रपतिले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ ।
सभामुख देवराज घिमिरेले २ः४५ सम्म प्रतिनिधिसभाका सदस्यलाई आशनग्रहण गरिसक्न र निर्धारित पोशाकमा उपस्थित हुन यसअघि नै आग्रह गरिसकेको छन् ।
नीति तथा कार्यक्रममा युवामा आशा जगाउने, उद्यमशीलता, सीप विकास, स्टार्टअप, व्यावसायिक योजना, सरकारको खर्च वृद्धि गर्ने र सुशासन कायम गर्ने विषयमा सरकारको नीति तथा कार्यक्रम केन्द्रित हुने बताइएको छ ।
वैशाख २२ देखि २८ गतेसम्म सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने संसद्को कार्यसूची छ ।
वैशाख ३० गते विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल सुरु हुनेछ । संविधानअनुसार जेठ १५ गते सरकारको आगामी आर्थिक वर्षको बजेट संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीले प्रस्तुत गर्ने व्यवस्था छ ।










![नयाँ बसपार्कमा लाग्याे दसैं, यात्रुको घुइँचो [तस्बिररू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-19_17443265-1791548708.jpg)
-1791548477.jpg)