प्रधानमन्त्री ओली र चौथाइवालेबीच भेट
प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा दुई देशबीचको आपसी सम्बन्ध र हितका विविध विषयमा छलफल भएको छ ।
काठमाडौं, वैशाख १८ : नेपालमा भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेले प्रधानमन्त्री केपी ओलीलाई भेटेका छन्।
बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर चौथाइवालेले प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा दुई देशबीचको आपसी सम्बन्ध र हितका विविध विषयमा छलफल भएको छ ।
तीन दिने भ्रमणका लागि बुधबार नेपाल आएका चौथाइवालेले बुधबार नै नेपाली कांग्रेसका सभापति शेरबादुर देउवा र देउवापत्नी समेत रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा, गृहमन्त्री रमेश लेखकसँग भेट गरेका थिए।
यस्तै, उनले बिहीबार दिउँसो नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई उनकै निवास खुमलटार पुगेर भेट गरेका थिए।
प्रकाशित मिति: २२:४० बजे, बिहीबार, वैशाख १८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार