सुरू भयाे रातो मछिन्द्रनाथकाे रथयात्रा [फाेटाे फिचर]
हरेक वर्ष वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म चल्ने यो जात्रा देशकै लामो रथ जात्रा हो।![सुरू भयाे रातो मछिन्द्रनाथकाे रथयात्रा [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/cover-1746109485.jpg)
काठमाडाैं, वैशाख १८ : रातो मछिन्द्रनाथ यात्रा आजबाट सुरु भएको छ। गत सोमबार १५ गते विधिवत् रूपमा रथ रोहण गरेर यस वर्षको रातो मछिन्द्रनाथको जात्रा सुरु गरिएको छ ।
मछिन्द्रनाथको मूर्तिलाई ललितपुरको तःबहालबाट खटमा राखेर पुल्चोकमा बनाइएको रथमा राखिएको थियो। आज मछिन्द्रनाथको रथलाई पुल्चोकबाट गाःबहाल पुर्याइएको छ ।
हरेक वर्ष वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म चल्ने यो जात्रा देशकै लामो रथ जात्रा हो।
रातो मच्छिन्द्रनाथको जात्रा विभिन्न किंवदन्तीमा आधारित छ। वैशाख शुक्ल प्रतिपदाको दिन रथ तानेर सुरु हुने जात्रा असार चौथीमा राष्ट्र प्रमुखबाट भोटो देखाएर विधिवत् रूपमा समापन हुने गर्छ ।
भोटो देखाउने परम्परामा पनि विभिन्न किंवदन्ती जोडिएका छन्, त्यसैले यसलाई भोटो जात्रा पनि भन्ने गरिन्छ।




















प्रकाशित मिति: २०:१० बजे, बिहीबार, वैशाख १८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![काठमाडौंमा पहिलो हिउँदे वर्षा [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1769601740.jpg)
![हिउँले सेताम्मे कर्णाली [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1769229345.jpg)
![स्वयम्भूको सरस्वती मन्दिरमा अक्षरारम्भ गर्दै बालबालिका [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1769153505.jpg)
![चाकु बनाउने चटारो [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1767945774.jpg)