प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच सिंहदरवारमा छलफल
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दुई नेताबीच छलफल चलिरहेको छ।
काठमाडौं, वैशाख १८ : प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सिंहदरबारमा भेटवार्ता भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दुई नेताबीच छलफल चलिरहेको छ।
छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बोलाइए पनि गएका छैनन्।
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल चलिरहेको जनाइएको छ।
प्रकाशित मिति: १९:३५ बजे, बिहीबार, वैशाख १८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार