Kathmandu Press

भाजपा नेता चौथाइवालेले खुमलटारमा भेटे प्रचण्ड

भेटवार्तामा दुई देशको सम्बन्ध, दुई देशबीचको द्विपक्षीय हित तथा दुई पार्टीहरूबीचका सम्बन्ध लगायतका विषयमा छलफल भएको जनाइएको छ। 
भाजपा नेता चौथाइवालेले खुमलटारमा भेटे प्रचण्ड

काठमाडौं, वैशाख १८ : भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेले विहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्।

चौथाइवालेले ललितपुरको खुमलटारस्थित प्रचण्डनिवासमा भेटवार्ता गरेका हुन् । भेटवार्तामा दुई देशको सम्बन्ध, दुई देशबीचको द्विपक्षीय हित तथा दुई पार्टीहरूबीचका सम्बन्ध लगायतका विषयमा छलफल भएको जनाइएको छ। 

Hardik ivf

चौथाइवाले बुधबार काठमाडौं आएका थिए। उनले यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखकलगायतसँग भेटवार्ता गरिसकेका छन्। 

यतिबेला चौथाइवालेको नेपाल भ्रमणलाई चासोका साथ हेरिएको छ।


 

प्रकाशित मिति: १८:१० बजे, बिहीबार, वैशाख १८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्