Kathmandu Press

आन्दोलनका लागि विद्यालय कर्मचारी परिषदको आकस्मिक बैठक 

बैठकले आजै साँझ आन्दोलनका कार्यक्रम घोषणा गर्ने निर्णय गरेको छ । परिषदले सरकारसँग भएको सहमतिप्रति असन्तुष्टी जनाउँदै छुट्टै आन्दोलन गर्ने जनाएको छ। 
आन्दोलनका लागि विद्यालय कर्मचारी परिषदको आकस्मिक बैठक 
फाइल तस्बिर।

काठमाडौं, वैशाख १८ : सरकार र नेपाल शिक्षक महासंघबीच भएको ९ बुँदै सहमतिप्रति असन्तुष्टि जनाउँदै विद्यालय कर्मचारी परिषद्ले आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ।

बानेश्वरस्थित रत्नराज्य स्कुलमा केहीबेरअघि विद्यालय कर्मचारी परिषद्को आकस्मिक बैठक बसेको थियो। 

Hardik ivf

बैठकले आजै साँझ आन्दोलनका कार्यक्रम घोषणा गर्ने निर्णय गरेको छ । परिषदले सरकारसँग भएको सहमतिप्रति असन्तुष्टी जनाउँदै छुट्टै आन्दोलन गर्ने जनाएको छ। 

बैठकमा सरकारसँग भएको सहमतिबारे छलफल भएको थियो। छलफलकाक्रममा शिक्षक महासंघसँग एकपक्षीय भएको सहमती भएको भन्दै विद्यालय कर्मचारीहरुले विरोध गरेको थिए । विद्यालय कर्मचारी परिषद आन्दोलनको मोडालिटी तय गर्ने तयारीमा छ। 
 
प्रकाशित मिति: १७:३१ बजे, बिहीबार, वैशाख १८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्