Kathmandu Press

नीति तथा कार्यक्रम शुक्रबार संघीय संसदमा प्रस्तुत हुने

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन्।
नीति तथा कार्यक्रम शुक्रबार संघीय संसदमा प्रस्तुत हुने

काठमाडौं, वैशाख १८ : आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदैछ। 

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन्।

Hardik ivf

नीति तथा कार्यक्रम प्रस्तुतिका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको  छ।

संयुक्त बैठकका लागि सबै सांसदका साथै उपराष्ट्रपति, प्रधानन्यायाधीश, संवैधानिक आयोगका पदाधिकारी, सरकारका उच्चपदस्थ अधिकारी, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, निजी क्षेत्रका प्रमुख तथा प्रतिनिधिलगायतलाई आमन्त्रण गरिएको छ। 

संयुक्त बैठकपछि दुवै सदनका छुट्टाछुट्टै बैठक बसेर राष्ट्रपतिको सम्बोधनप्रति धन्यवाद ज्ञापन गर्ने र सम्बोधनको प्रति टेबुल गर्ने कार्यसूची छ। 

प्रकाशित मिति: १७:१६ बजे, बिहीबार, वैशाख १८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्