नेपालको सबैभन्दा ठूलो समस्या रोजगारी हो : अध्यक्ष भट्टराई
डा. भट्टराईले नेपालको सबैभन्दा ठूलो समस्या रोजगारीको भएको बताए। उनले रोजगारी नै प्राप्त गर्न नसक्नु नै हाम्रो देशको दुर्भाग्य भएको बताए।
काठमाडौं, वैशाख १८ : नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले नेपालमा श्रमिकहरुको संख्या १ करोड ६९ लाख रहेको बताएका छन्।
१३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बोल्दै उनले दुई तिहाई श्रमिकहरु अहिले पनि अनौपचारिक क्षेत्रमा काम गर्ने गरेको बताएका हुन्।
‘श्रमिक भनेका शारीरिक र मानसिक रुपले आफ्नो क्षमता प्रयोग गरेर वस्तु र सेवा उत्पादन गर्ने समाजको उपयोगी चिजहरु उत्पादन गर्ने मान्छे नै श्रमिक हो। नेपालमा श्रमिकहरुको संख्या १ करोड ६९ लाख छ,’ उनले भने, ‘विश्वका २०० देश मध्ये संसारका ३७ औँ सबै भन्दा ठूलो श्रमिक भएको देश नेपाल पनि हो। हामी सानो होइनौं, धेरै श्रमिक भएको मुलुकमा नेपाल पनि पर्छ। हाम्रा दुई तिहाई श्रमिकहरु अहिले पनि अनौपचारिक क्षेत्रमा काम गर्छन्।’
डा. भट्टराईले नेपालको सबैभन्दा ठूलो समस्या रोजगारीको भएको बताए। उनले रोजगारी नै प्राप्त गर्न नसक्नु नै हाम्रो देशको दुर्भाग्य भएको बताए।
‘नेपालको सबैभन्दा ठूलो समस्या भनेको रोजगारीको हो। रोजगारी नै प्राप्त गर्न नसक्नु नै हाम्रो देशको दुर्भाग्य हो । पुरुष श्रमिक भन्दा महिला श्रमिक बढि रहेको तथ्यांकले देखाएको छ। हामीले श्रमिकहरुलाई अहिले पनि हक अधिकारहरु दिलाउन सकेका छैनौं,’ उनले भने, ‘राजनीति एउटा तमासा जस्तै भएको छ । जनताहरुलाई झुटा सपना देखाउने, चुनाव जिताउने, सत्तामा गएर जनताले तिरेको जुन कर छ त्यसैमाथि लुट मच्चाउने गरिएको छ।’










![नयाँ बसपार्कमा लाग्याे दसैं, यात्रुको घुइँचो [तस्बिररू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-19_17443265-1791548708.jpg)
-1791548477.jpg)