Kathmandu Press

‘श्रमिक आयोगको गठनका लागि कांग्रेस तयार छ’

नेता कोइरालालले होटेलमा कार्यगत श्रमिकहरुले सेवा शुल्क वापत पाउने १० प्रतिशतका लागि कानून बनाएर अगि बढ्नुपर्ने बताए।  
‘श्रमिक आयोगको गठनका लागि कांग्रेस तयार छ’

काठमाडौं, वैशाख १८ : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले धेरै प्रयास गर्दा पनि श्रमिक आयोगको गठन गर्न नसकेको बताएका छन्। 

१३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना दिदै बिहीवार उनले श्रमिक आयोग गठनका लागि नेपाली कांग्रेस तयार रहेको बताए।

Hardik ivf

‘हामीले केही हासिल गरेका छैनौ भन्ने होइन, हासिल गरेका छौं। अथक प्रयासले योगदानमा आधारित सामाजिक सुरक्षा सफल भएको छ। अक यसमा अनौपचारिक क्षेत्रलाई हामीहरुले कसरी सामाजिक सुरक्षामा समावेश गर्ने भन्ने चुनौतिको विषय भएको छ। यसलाई गम्भीर रुपमा लिएर अगाडि जानुछ,’ उनले भने, ‘मैले धेरै प्रयास गरें। नेपाली कांग्रेसले पनि धेरै प्रयास गर्यो तर अझै श्रमिक आयोग बनाउन सकेको छैनौं। यसका लागि नेपाली कांग्रेस सँधै तयार रहिरहन्छ।’

नेता कोइरालालले होटेलमा कार्यगत श्रमिकहरुले सेवा शुल्क वापत पाउने १० प्रतिशतका लागि कानून बनाएर अगि बढ्नुपर्ने बताए।  

‘होटलमा कार्यरत श्रमिकहरुले जुन १० प्रतिशतको कुरा गर्नुभएको छ। उहाँहरुले धेरै ठुलो कुरा माग गर्नुभएको छैन,’ उनले भने, ‘कानुन बनाएर यसलाई अगाडि बढाउन सर्वोच्च अदालतको पनि भनेको छ। त्यसका लागि नेपाली कांग्रेस कानून बनाउन अगाडि बढ्छ।’ 
 

प्रकाशित मिति: १४:३९ बजे, बिहीबार, वैशाख १८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्