Kathmandu Press

विदेशमा हासिल गरेको ज्ञान, सिप र पुँजीलाई स्वदेशमा प्रयोग गरौं : देउवा 

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै देउवाले विदेशमा आर्जन गरिएको ज्ञान, सिप र पुँजीलाई देशमै प्रयोग गर्नुपर्ने बताए। 
विदेशमा हासिल गरेको ज्ञान, सिप र पुँजीलाई स्वदेशमा प्रयोग गरौं : देउवा 

काठमाडौं, वैशाख १८ : नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशमा बसोबास गरिरहेका नेपालीहरूलाई स्वदेशको आर्थिक तथा सामाजिक विकासमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।

नेपाली जनसम्पर्क समिति समन्वय विभागद्वारा आयोजित कार्यक्रममा सभापति देउवाले उक्त आग्रह गरेका हुन्। 

Hardik ivf

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै देउवाले विदेशमा आर्जन गरिएको ज्ञान, सिप र पुँजीलाई देशमै प्रयोग गर्नुपर्ने बताए। 

उनले यस्का लागि गर्नुपर्ने नीतिगत परिवर्तनका लागि राष्ट्रिय सहमति बनाएर कार्यान्वयन गर्न कांग्रेसले सहयोगी भूमिका खेल्ने पनि देउवाले बताए। 

साथै, देउवाले विदेशमा रहेका नेपालीप्रति त्यहाँका देशहरूको सम्मान रहेको अनुभव आफूले पाएको पनि बताए। ‘राष्ट्रको समृद्धिका लागि विश्वभर छरिएर रहेका नेपालीहरूको योगदान अपरिहार्य छ,’ सभापति देउवाले भने। 

कार्यक्रममा जनसम्पर्क समिति समन्वय विभागका पदाधिकारी तथा विदेशमा क्रियाशील नेपाली कांग्रेसका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: १३:३४ बजे, बिहीबार, वैशाख १८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्