Kathmandu Press

‘नीति तथा कार्यक्रम र बजेट रोजगार वृद्धि गर्नेगरी ल्याउनुपर्छ’

नेपाल ट्रेड युनियन कांग्रेसले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले श्रमिकलाई अधिकार दिलाउनका लागि कांग्रेस सधैं अग्रस्थानमा रहेको बताए।
‘नीति तथा कार्यक्रम र बजेट रोजगार वृद्धि गर्नेगरी ल्याउनुपर्छ’
फाइल तस्बिर।

काठमाडौं, वैशाख १८ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको आगामी नीति तथा कार्यक्रम र बजेट श्रमिकलाई पूर्ण अधिकार सम्पन्न बनाएर रोजगार वृद्धि गर्नेगरी ल्याउनुपर्ने बताएका छन् 

नेपाल ट्रेड युनियन कांग्रेसले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले श्रमिकलाई अधिकार दिलाउनका लागि कांग्रेस सधैं अग्रस्थानमा रहेको बताए।

 ‘श्रमिकलाई पूर्ण अधिकार सम्पन्न बनाएर रोजगार वृद्धि गर्नेगरी सरकारको नीति तथा कार्यक्रम र नयाँ बजेट ल्याउनुपर्छ भन्ने मेरो मान्यता रहेको छ,’ कार्यक्रममा सभापति देउवाले भने, ‘हरेक राजनीतिक र अधिकार प्राप्तिका लागि श्रमिकको महत्त्वपूर्ण सहभागिता रहँदै आएको छ । नेपाली कांग्रेस श्रमिक अधिकार दिलाउनका लागि सधैं अग्रस्थानमा छ। 

नेपालको संविधानले रोजगारी र श्रमिक एवं योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुरक्षित गरेको बताउँदै उलने श्रम ऐन, ट्रेड युनियन लगायतका कानुन नेपाली कांग्रेसकै सरकार भएको बेलामा आएको स्पष्ट पारे।

सामाजिक सुरक्षाले श्रमिकको आत्मसम्मान गर्दै भविष्यको पनि सुनिश्चितता गर्छ भन्ने विश्वास आफूले लिएको उनले बताए। 

प्रकाशित मिति: १२:५२ बजे, बिहीबार, वैशाख १८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्