घट्यो पेट्रोलियम पदार्थको मूल्य, के-को मूल्य कति पुग्यो ?
एपी ग्यास पनि घटेर आएको छ । प्रति सिलिण्डर १५ रुपैयाँले घटेर आएको नेपाल आयल निगमले जनाएको छ । एलपी ग्यासको खुद्रा ब्रिकी मूल्य यथावत राखिएको छ ।
काठमाडौँ, वैशाख १८ : पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँका दरले मूल्य घटाएको हो ।
एपी ग्यास पनि घटेर आएको छ । प्रति सिलिण्डर १५ रुपैयाँले घटेर आएको नेपाल आयल निगमले जनाएको छ । एलपी ग्यासको खुद्रा ब्रिकी मूल्य यथावत राखिएको छ ।
त्यस्तै हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर चार रुपैयाँ मूल्य घटाइएको छ । नयाँ मूल्य अनुसार पेट्रोल पहिलो वर्गमा प्रतिलिटर १५५,दोस्रो वर्गमा १५७ र तेस्रो वर्गमा १५८ रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै डिजेल र मट्टीतेल पहिलो वर्गमा १४२,दोस्रो वर्गमा १४४,तेस्रो वर्गमा १४५ कायम गरिएको छ । हवाई इन्धन आन्तरिकतर्फ १२१ कायम गरिएको छ ।
प्रकाशित मिति: ०७:४३ बजे, बिहीबार, वैशाख १८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार