Kathmandu Press

सभापति देउवासँग विदेश विभाग प्रमुख चौथाइवालेको भेट

सभापति देउवाको निजी निवास बुढानिलकण्ठमा बुधबार साँझ भएको भेटमा उनीहरूबीच नेपाल–भारत सम्बन्धका समग्र पक्षहरूको समीक्षाका साथै ऐतिहासिक साझेदारीलाई थप सुदृढ बनाउने सम्बन्धमा छलफल भएको थियो ।
सभापति देउवासँग विदेश विभाग प्रमुख चौथाइवालेको भेट
Hardik ivf

काठमाडौँ, वैशाख १७ : नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा विजय चौथाइवालेले भेटवार्ता गरेका छन् । 

सभापति देउवाको निजी निवास बुढानिलकण्ठमा बुधबार साँझ भएको भेटमा उनीहरूबीच नेपाल–भारत सम्बन्धका समग्र पक्षहरूको समीक्षाका साथै ऐतिहासिक साझेदारीलाई थप सुदृढ बनाउने सम्बन्धमा छलफल भएको थियो ।

भेटमा सभापति देउवाका धर्मपत्नी एवं परराष्ट्रमन्त्री डा आरजु राणा देउवा सहभागी थिईन् । परराष्ट्रमन्त्री डा देउवाले उक्त भेटवार्ता फलदायी भएको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छिन् । 

प्रकाशित मिति: ०६:४७ बजे, बिहीबार, वैशाख १८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्