Kathmandu Press

श्रमिक दिवस : देउवाले गराए विराटनगर जुट मिलका मजदुरहरूको आन्दोलनको स्मरण 

नेपालमा वि.सं. १९९३ मा विराटनगर जुट मिल उद्योगको स्थापना भए पश्चात वि.सं. २००३ सालमा नेपाली कांग्रेसको नेतृत्वमा आफ्नो हकहित र सेवा सुविधाको माग राखेर विराटनगरमा मजदुरहरूको पहिलो ऐतिहासिक आन्दोलन भएको भन्दै स्मरण गराएका हुन् ।
श्रमिक दिवस : देउवाले गराए विराटनगर जुट मिलका मजदुरहरूको आन्दोलनको स्मरण 

काठमाडौं, वैशाख १७ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभ–कामना व्यक्त गर्दै विराटनगर जुट मिलका मजदुरहरूको आन्दोलनको स्मरण गराएका छन् ।

नेपालमा वि.सं. १९९३ मा विराटनगर जुट मिल उद्योगको स्थापना भए पश्चात वि.सं. २००३ सालमा नेपाली कांग्रेसको नेतृत्वमा आफ्नो हकहित र सेवा सुविधाको माग राखेर विराटनगरमा मजदुरहरूको पहिलो ऐतिहासिक आन्दोलन भएको भन्दै स्मरण गराएका हुन् ।

Hardik ivf

सरकारले त्यो लामो आन्दोलनलाई निर्ममतापूर्वक दवाउने नीति अख्तियार गरेको भएपनि त्यतिबेला जननायक बी.पी. कोइराला लगायत धेरै नेताहरूलाई पक्राउ गरिएको समेत देउवाले आफ्नो शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

उनले वि. सं. २०१६ मा नेपाली कांग्रेसको जन–निर्वाचित सरकारले नै कारखाना र मजदुर सम्बन्धी कानूनको तर्जुमा गरेर, मजदुरहरुलाई कानूनसम्मत् अधिकार प्रदान गरेको र नेपाली श्रम बजारको उन्नतिका लागि नेपाली कांग्रेसले नै पहिलोपल्ट सामाजिक न्यायसहित उदार अर्थव्यवस्थाको नीति लिएको पनि बताएका छन् । 

प्रकाशित मिति: ०७:४८ बजे, बिहीबार, वैशाख १८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्