Kathmandu Press

आशा र विश्वास जगाउने गरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव 

आशा र विश्वास जगाउने गरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव 

काठमाडौं, वैशाख १७ : सत्ताघटक राजनीतिक दलका नेताहहरूले लोकतन्त्रलाई जनतामा आशा र विश्वास जगाउने गरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलपललमा नेताहरुले यस्तो सुझाव दिएका हुन् । बुधबार वालुवाटारमा सत्तापक्षीय राजनीतिक दलका नेताहरूको बैठक बसेको थियो । छलफलकाक्रममा विकास निर्माणका कामलाई प्रभावकारी, समयमा सकिने गरी उच्च प्राथमिकता गर्नुपर्ने सुझाव पनि दिइएको छ । 

Hardik ivf

यस्तै, विभिन्न दलका नेताहरुले सरकारले प्रश्तुत गर्ने नीति तथाकार्यक्रममा युवा पुस्तामा आशा र विश्वास जगाउने गरी विभिन्न कार्यक्रम ल्याइनुपर्ने, अर्थतन्त्रलाई लयमा ल्याउनका लागि सरकारको खर्च गर्ने क्षमता बढाउने, अनावश्यक फजुल खर्च कटौती गर्ने र सरकारको कार्यदक्षता बढाउने गरी आउनुपर्ने सुझाव दिएको जनाइएको छ ।

छलफलपछि संचारकर्मीलाई जानकारी दिनेक्रममा एकाले नेता प्रदीप ज्ञवालीले विगत वर्षको भन्दा ‘ब्रेक थ्रु’ हुने गरी नीति तथा कार्यक्रम ल्याउनुपर्ने सुझाव दलका नेताहरुबाट आएको बताए ।

यस्तै, शिक्षकहरूको आन्दोलन र समस्या समाधानका लागि वार्ता सकारात्मक रूपमा अगाडि बढेको पनि नेता ज्ञवालीले बताए । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छलफलका लागि सत्ता घटक दलका नेताहरुलाई बालुवाटारमा आमन्त्रण गरेका हुन् ।

प्रकाशित मिति: १९:२८ बजे, बुधबार, वैशाख १७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्