छुटे रेशम चौधरी, उनलाई थुन्न पत्र लेख्ने शाखा अधिकृत आफैं पक्राउ
शाखा अधिकृत विष्टले अनधिकृत रुपमा आफैले पत्र लेखेको भेटिएपछि पक्राउ गरिएको हो।
काठमाडौं, वैशाख १७ः नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई पक्राउका लागि पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्ट आफै पक्राउ परेका छन्।
विष्टले आफूखुसी अनधिकृत रुपमा पत्र लेखेको भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। सर्वोच्च अदालतले उक्त पत्र सच्याएर प्रहरीलाई पठाएलगत्तै चौधरी भने छुटिसकेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीलाई दिएको माफी मिनाहा विरुद्ध दायर भएको रिट निवेदन सर्वोच्चमा विचाराधीन छ । यो मुद्दामा फैसला नआउँदै सिंहले चौधरीलाई थुन्न तजविजीमा प्रहरीलाई पत्र लेखेको तथ्य फेला परेको छ।
पक्राउपछि विष्टले टिकापुर हिंसाका मृतकको आत्मालाई सम्झेर पक्राउका लागि पत्र लेखेको प्रतिक्रिया दिएका छन्।
प्रकाशित मिति: १७:०२ बजे, बुधबार, वैशाख १७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![नयाँ बसपार्कमा लाग्याे दसैं, यात्रुको घुइँचो [तस्बिररू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-19_17443265-1791548708.jpg)
-1791548477.jpg)