Kathmandu Press

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता कार्यक्रम स्थगित

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता कार्यक्रम स्थगित
Hardik ivf

काठमाडौं, वैशाख १७ः बुधबार गर्ने भनिएको जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता कार्यक्रम स्थगित भएको छ। नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरी पक्राउपछि पार्टी एकता कार्यक्रम स्थगित भएको हो।

जनमत पार्टीका अध्यक्ष सीके राउतको सचिवालयका अनुसार प्रज्ञा प्रतिष्ठानमा आयोजना भएको पार्टी एकता कार्यक्रम स्थगित गरिको छ।

सचिवालयले चौधरी पक्राउको भत्र्सना गर्दै कार्यक्रममा उपस्थित नेता कार्यकर्तालाई आआफ्नो घर जान आग्रह समेत गरेको छ। एकता कार्यक्रमका लागि बैठक बसेर अर्को सूचना दिने जनाइएको छ। जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकताका लागि प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम आयोजना गरिएको थियो।

प्रकाशित मिति: १५:२६ बजे, बुधबार, वैशाख १७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्