Kathmandu Press

सरकार र शिक्षकबीचको वार्ता सकारात्मक दिशामा अगाडि बढिरहेको छ : शिक्षामन्त्री पन्त

मन्त्रालयमा भएको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले अहिलेसम्मको छलफल सकारात्मक दिशामा अगाडि बढेको बताए।
सरकार र शिक्षकबीचको वार्ता सकारात्मक दिशामा अगाडि बढिरहेको छ : शिक्षामन्त्री पन्त

काठमाडौं, वैशाख १७ : शिक्षामन्त्री रघुजी पन्तसहित मन्त्रालयका उच्च पदस्थ अधिकारी र नेपाल शिक्षक महासंघका प्रतिनिधिबीच गएराति भएको वार्ता सहमति नजिक पुगेको छ।

मन्त्रालयमा भएको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले अहिलेसम्मको छलफल सकारात्मक दिशामा अगाडि बढेको बताए।

Hardik ivf

‘हाम्रो छलफल जारी छ। अहिलेसम्मको छलफल सकारात्मक दिशामा अगाडि बढेको छ। छिटोभन्दा छिटो यो सहमति टुंग्याएर अगाडि बढ्ने हाम्रो प्रयत्न छ। हामी यसलाई साझा सहमतिका आधारमा टुंग्याउने मैले विश्वास लिएको छु,’ उनले भने, ‘हामी शिक्षकहरुसँग वार्तामा छौं। त्यो वार्ता सकारात्मक ढंगले अगाडि बढेको छ। सम्भव भएसम्म हामी त्यसलाई छिटो टुंग्याउने छौं सरकारको तर्फबाट।’

मन्त्री पन्तले शिक्षकहरुको मागलाई टुंग्याएर सरिकार अगाडि बढ्ने प्रयत्न गरिरहेको बताए । उनले साझा सहमतिका आधारमा शिक्षकहरुको माग टुंग्याउने बताए।

 

प्रकाशित मिति: १०:२३ बजे, बुधबार, वैशाख १७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्