सत्तारुढ दलहरूको बैठक बस्दै
बैठकमा काठमाडौंमा भइरहेका शिक्षक आन्दोलन, चिकित्सक आन्दोलन, सहकारी तथा निजामती कर्मचारीहरूको आन्दोलनलगायत विषयमा छलफल हुने बताइएको छ-1745978857.jpg)
काठमाडौं, वैशाख १७ : सत्तारूढ राजनीतिक दलहरूको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा काठमाडौंमा भइरहेका शिक्षक आन्दोलन, चिकित्सक आन्दोलन, सहकारी तथा निजामती कर्मचारीहरूको आन्दोलनलगायत विषयमा छलफल हुने बताइएको छ ।
यस्तै, बैठकमा समसामयिक राजनीति, मुलुकमा देखिएका विभिन्न किसिमका गतिविधिका विषयमा छलफल हुनेछ ।
प्रकाशित मिति: ०७:५२ बजे, बुधबार, वैशाख १७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार