Kathmandu Press

विभागहरू सक्रिय हुँदा कांग्रेसमा ऊर्जा : सभापति देउवा

केन्द्रीय कार्यालय सानेपामा आयोजित उक्त कार्यक्रममा देउवाले विभागहरूको सक्रियताले पार्टीलाई गतिशील, सशक्त र प्रभावकारी बनाएको बताए।
विभागहरू सक्रिय हुँदा कांग्रेसमा ऊर्जा : सभापति देउवा

काठमाडौं, वैशाख १६ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका विभिन्न विभागहरू सक्रिय हुँदा पार्टीमा ऊर्जा थपिएको बताएका छन्।
 
नेपाली कांग्रेसको विपन्न उत्थान समन्वय विभागद्वारा विपन्न वर्गको पहिचान, उत्थान र विकास गर्न गराउन नीतिगत तथा कार्यक्रम सुझाव सहितको प्रतिवेदन हस्तान्तरण कार्यक्रमलाई मंगलबार संवोधन गर्दै देउवाले उक्त भनाई राखेका हुन्।

केन्द्रीय कार्यालय सानेपामा आयोजित उक्त कार्यक्रममा देउवाले विभागहरूको सक्रियताले पार्टीलाई गतिशील, सशक्त र प्रभावकारी बनाएको बताए।

सभापति देउवाले नेपालको अर्थतन्त्रले भ्याएसम्म विभागले दिएको सुझाव कार्यान्वयन गर्न लाग्ने प्रतिबद्धता पनि जनाए।

Hardik ivf

‘विभागले दिएका अधिकांश सुझाव कार्यान्वयनमा लैजान सक्ने खालका छन्, पार्टीमा छलफल गरेर आवश्यक निर्णय गर्नेछौँ, भावी योजना तयका लागि महत्त्वपूर्ण हुनेछ,’ देउवाले भने।

यस्तै, उपसभापति धनराज गुरुङले नीति तथा कार्यक्रम र बजेटको पूर्वसन्ध्यामा आएको उक्त प्रतिवेदन महत्वपूर्ण रहेको बताए।

महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस पार्टीलाई विपन्न र गरिबको पार्टी हैन भन्ने आरोपलाई फरक दृष्टिकोणले हेर्नुपर्ने बताए।

पूर्वउपसभापति विजयकुमार गच्छदारले विभागले प्रस्तुत गरेको प्रतिवेदनलाई पार्टीले पूर्ण कार्यान्वयन गर्न सक्दा १५÷२० वर्षसम्म प्रभावकारी हुने भनाई राखे।

विपन्न उत्थान समन्वय विभाग प्रमुख डा.गोपाल दहिदले ११ जना सदस्य रहेको समितिले विभिन्न स्रोतबाट संकलन गरेको तथ्य र तथ्यांकका आधारमा विपन्न उत्थानका लागि ५६ पेजको प्रतिवेदन तयार पारेको जानकारी गराए ।

 

प्रकाशित मिति: १९:२२ बजे, मंगलबार, वैशाख १६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्