Kathmandu Press

गगन थापाविरुद्धको अवहेलना मुद्दामा सुनुवाई सकियो 

गगन थापाविरुद्धको अवहेलना मुद्दामा सुनुवाई सकियो 
फाईल तस्बिर।

काठमाडौं, वैशाख १६ : नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाविरुद्ध दायर भएको अदालतको अवहेलना मुद्दामा प्रारम्भिक सुनुवाइ सकिएको छ ।

मुद्दामा सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना मल्ल प्रधान र नित्यानन्द पाण्डेको संयुक्त इजलास तोकिएको थियो । अधिवक्ता अनन्तराज लुइँटेल, प्रतिभा उप्रेती, र विशाल थापाले कारबाहीको माग राखेर थापाविरुद्ध आइतबार अवहेलना मुद्दा दर्ता गरेका थिए ।

Hardik ivf

गत वैशाख ११ गते लोकतन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले संवैधानिक आयोगका पदाधिकारीसम्वन्धी विवादमा अदालतको कार्यशैलीमाथि प्रश्न उठाउँदै अवहेलनाजन्य कार्य गरेको जिकिर अवहेलना मुद्दामा गरिएको छ । 

वहशकाक्रममा अधिवक्ता लुईंटेलले थापाको अभिव्यक्तिको प्रभाव र असर अरु मुद्दा भन्दा अझ बढी रहेकाले ११ न्यायाधीश सम्मिलित बृहद इजलासबाट सुनुवाई हुनुपर्ने माग गरेका छन् । संवैधानिक अंगका ५२ जना पदाधिकारी सिफारिस प्रकरणमा अदालतमा चलिरहेको सुनुवाइमै अवरोध हुने गरी थापाले आपत्तिजनक अभिव्यक्ति दिएको बताउँदै सर्वोच्चमा झिकाएर बयान गराउनुपर्ने माग समेत गरिएको छ ।

लोकतन्त्र दिवसका दिन आयोजित ‘आजको लोकतन्त्र ः अवसर र चुनौती’ विषयक संवाद कार्यक्रममा कांग्रेस महामन्त्री थापालेसंवैधानिक निकायका पदाधिकारीको नियुक्तिमा विना पुष्ट्याईं सर्वोच्च अदालतले ‘डिल’ गरेको भन्दै अवहेलनाजन्य अभिव्यक्ति दिएकाले हदैसम्मको सजाय हुनुपर्ने माग मुद्दामा गरिएको छ ।  
 

प्रकाशित मिति: १८:१६ बजे, मंगलबार, वैशाख १६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्