Kathmandu Press

रिक्त गभर्नर पदमा तत्काल नियुक्त गर्न कांग्रेस सांसदको माग

रिक्त गभर्नर पदमा तत्काल नियुक्त गर्न कांग्रेस सांसदको माग

काठमाडौं, वैशाख १६ : नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रतिनिधि सभा बैठकमा नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर पदमा तत्काल नियुक्त गर्न माग गरेका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खतिवडाले उक्त माग गरेका हुन्।

Hardik ivf

खतिवडाले सिफारिस समिति तत्काल बनाएर गभर्नर नियुक्त गर्न माग गरेका छन्।

संसद बैठकमा बोल्दै खतिवडाले भने, ‘बजेट अधिवेशनका बेला मौद्रिक नीति र वित्तीय नीतिको मूल्यांकन गर्ने बेलामा गभर्नर नियुक्ति भएर अर्थतन्त्रमा परेको असर राम्ररी व्याख्या गर्न नसक्ने अवस्था सिर्जना भयो। सरकारले तुरुन्त सिफारिस समिति गठन गरेर गभर्नर नियुक्ति गरोस्।’

 

प्रकाशित मिति: १४:१८ बजे, मंगलबार, वैशाख १६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्