Kathmandu Press

‘शिक्षकहरुलाई चाँडो विद्यालय फर्काउने वातावरण सृजना गर्न सरकारसँग माग’

उनले बानेश्वरको किनारमा दिनैपिच्छे जुलुस निकाल्ने, पानीको फोरा खुवाउने र गीत गाउँने रुपमा मात्र व्यवस्थापन नगरी शिक्षकलाई तुरुन्तै विद्यालय पठाउने वातावरण सृजना गर्न माग गरे।
‘शिक्षकहरुलाई चाँडो विद्यालय फर्काउने वातावरण सृजना गर्न सरकारसँग माग’

काठमाडौं, वैशख १६ : नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले शिक्षकका माग पूरा गरेर चाँडो विद्यालय फर्काउने वातावरण सृजना गर्न सरकारसँग माग गरेका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले बानेश्वरको किनारमा दिनैपिच्छे जुलुस निकाल्ने, पानीको फोरा खुवाउने र गीत गाउँने रुपमा मात्र व्यवस्थापन नगरी शिक्षकलाई तुरुन्तै विद्यालय पठाउने वातावरण सृजना गर्न माग गरे।

Hardik ivf

शिक्षक सम्पूर्ण देशका हुन र सबैलाई पढाउने शिक्षक हुन । उहाँहरुलाई बानेश्वरको किनारमा दिनैपिच्छे जुलुस निकाल्ने पानीको फोरा खुवाउने र गीत गाउँने रुपमा व्यवस्थापन नगरियोस् । तुरुन्तै विद्यालय पठाउने वातावरण सृजना गरियोस्,’ उनले भने।

त्यस्तै, उनले नवनियुक्त शिक्षा मन्त्री रघुजी पन्तले यसबारे सदनमा आएर जवाफ दिने वातावरण सृजना गर्न पनि माग गरे।

 

प्रकाशित मिति: १३:४३ बजे, मंगलबार, वैशाख १६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्