Kathmandu Press

सरकारी कर्मचारीले राजनीति गर्दासम्म शिक्षा अगाडि बढ्न सक्दैन : सांसद शाही

उनले सरकारी कर्मचारीले राजनीति गर्न नपाइने व्यवस्था नगर्दासम्म नेपालमा शिक्षा अगाडि बढ्न नसक्ने भन्दै सबै भातृ संगठनहरु खारेज गर्नुपर्ने बताए।
सरकारी कर्मचारीले राजनीति गर्दासम्म शिक्षा अगाडि बढ्न सक्दैन : सांसद शाही

काठमाडौं, वैशाख १६ : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले एउटा शिक्षक ऐन ल्याउन नसक्ने सरकारले देश चलाउँछु भन्नु अब सपना मात्र हुने बताएका छन्।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले पटक–पटक व्यवस्था र सरकार फेरिँदा पनि सरकारले २८ सालमा आएको शिक्षा ऐन फेर्न नसकेको भन्दै आपत्ति जनाएका हुन्।

Hardik ivf

उनले भने, ‘सरकराले २८ सालमा आएको ऐन पटक पटक व्यवस्था फेरिए । पटक पटक सरकार फेरियो । तर जाबो एउटा शिक्षक ऐन ल्याउन नसक्ने यो सरकारले यो देश चलाउछु भन्नु पनि अब हामीलाई सपना जस्तो भएको छ।’

उनले सरकारी कर्मचारीले राजनीति गर्न नपाइने व्यवस्था नगर्दासम्म नेपालमा शिक्षा अगाडि बढ्न नसक्ने भन्दै सबै भातृ संगठनहरु खारेज गर्नुपर्ने बताए।

‘आज जसरी पार्टीका शिक्षकहरु छन् पार्टीका विद्यार्थीहरु छन्। सबै भातृ संगठनहरु खारेज नै गर्नुपर्छ। किनकी सरकारी कर्मचारीले राजनीति गर्ने होइन। त्यो नगर्दासम्म नेपालमा शिक्षा अगाडि बढ्न सक्दैन,’ उनले भने।

प्रकाशित मिति: १३:२९ बजे, मंगलबार, वैशाख १६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्