Kathmandu Press

तनहुँ, रामेछाप र दैलेकका सिडिओ फेरिए

हले रामकृष्ण अधिकारीलाई तनहुँको प्रमुख जिल्ला अधिकारी बनाएको छ।
तनहुँ, रामेछाप र दैलेकका सिडिओ फेरिए

काठमाडौं, वैशाख १६ : तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) परिवर्तत भएका छन्।

गृह मन्त्रालयले तनहुँ, रामेछाप र दैलेकका सिडिओ परिवर्तत गरेको हो। गृहले रामकृष्ण अधिकारीलाई तनहुँको प्रमुख जिल्ला अधिकारी बनाएको छ।

यस्तै, तनहुँमा सिडिओ रहेका श्यामकृष्ण थापा रामेछाप सरुवा भएका छन् भने रामेछापका राजुप्रसाद पौडेललाई गृह मन्त्रालय ल्याइएको छ।

गृहमा रहेका बद्रिनाथ गैह्रेलाई दैलेखको सिडिओ बनाइएको छ। दैलेखमा नवराज जैशीलाई मन्त्रालय तानिएको छ।

प्रकाशित मिति: १२:०४ बजे, मंगलबार, वैशाख १६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्