Kathmandu Press

कोशी, मधेस, बागमती र गण्डकीमा वर्षाको सम्भावना

आज दिउसो भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा मौसम साधरणतया बदली रहनेछ।
कोशी, मधेस, बागमती र गण्डकीमा वर्षाको सम्भावना

काठमाडौं, वैशाख १६ : मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको साथै बंगालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ।

जसका, कारण हाल सुदूर पश्चिम प्रदेशमा आंशिक र बाँकी भू–भागमा सामान्य बदली रहेको छ भने कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशको केही स्थानमा चट्याङसहित वर्षा भइरहेको छ।

Hardik ivf

महाशाखाका अनुसार आज दिउसो भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा मौसम साधरणतया बदली रहनेछ।

कोशी, मधेस, बागमती र गण्डकीलगायत अन्य प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।
 
यस्तो खालको मौसम राति पनि जारी रहने महाशाखाले जानकारी दिएको छ।

 

प्रकाशित मिति: ०७:५३ बजे, मंगलबार, वैशाख १६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्