Kathmandu Press

कांग्रेसले प्रतिवद्धता पुरा गर्छ तर सरकारले परिणाम दिनुपर्छ : महामन्त्री थापा

महामन्त्री थापाले सरकारले हात हालिरहेका थुप्रै ठाउँहरुमा राम्रो परिणाम नआएको भन्दै परिणाम नआउने ठाउँमा हात हाल्न छाड्नको लागि सुझाव दिए।
कांग्रेसले प्रतिवद्धता पुरा गर्छ तर सरकारले परिणाम दिनुपर्छ : महामन्त्री थापा

काठमाडौं, वैशाख १५ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेसँग सरकारमा जाँदा गरेको प्रतिबद्धता कांग्रेसले कायम नै राख्ने बताएका छन्।

सोमबार काठमाडौंमा नेपाली कांग्रेस पार्टी उद्योग तथा व्यापार विभागले आयोजना गरेको बजेट सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारले परिणाम दिने गरी काम गर्नुपर्ने भन्दै नयाँ ढंगले काम गर्नेतर्फ सोच्नुपर्ने बताए।
 
‘हामी जोखिम उठाउन तयार छौं। यस्तो कुराहरुमा हाल गरिरहेको काम भन्दा फरक ढंगले गर्नुपर्छ । कम्फर्ट जोनबाट बाहिर आएर काम गर्नुपर्छ। नयाँ ढंगले सोच्नुपर्ने छ । नेपाली कांग्रेस अहिले नेकपा एमालेसँग सरकारमा छ । पार्टीको तर्फबाट प्रतिबद्धता र समर्थन छ,’ उनले भने, ‘अहिलेको प्रतिबद्धताका आधारमा तलमाथि गर्न लाग्दैनौं । यसलाई तिव्र रुपमा अगाडि बढाउँछौं तर यो समयको प्रयोग गर्न चाहन्छौं। सरकार बस्नको लागि मात्र भएर भएन, काम गर्नुपर्छ । परिणाम दिनुपर्छ, रिजल्ट चाहिन्छ। रिजल्टमा काम गर्न चाहन्छौं।’

Hardik ivf

महामन्त्री थापाले सरकारले हात हालिरहेका थुप्रै ठाउँहरुमा राम्रो परिणाम नआएको भन्दै परिणाम नआउने ठाउँमा हात हाल्न छाड्नको लागि सुझाव दिए।

‘खास गरेर अब समय आयो। जुन हामीले कम्र्फटजोनमा बसेर काम गर्यौं । अब यसरी गरेर हुँदैन। कतिपय नयाँ सन्दर्भमा जानुपर्ने हुन्छ। सरकारले हात हालिरहेका थुप्रै ठाउँहरु छन्,’ उनले भने ‘जसमा सरकारले हात हाल्दा राम्रो परिणाम आएको छैन, ती ठाउँमा हात हाल्न छाडिदिए हुन्छ।’

 

प्रकाशित मिति: २१:३६ बजे, सोमबार, वैशाख १५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्