पोखरा विमानास्थल अध्ययन प्रतिवेदन : तत्काल २ अर्ब २२ करोड असुल गर्नुपर्ने सिफारिस
समितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पक्षबाट तत्काल २ अर्ब २२ करोड असुल गर्नुपर्ने देखिएको प्रतिवेदनमा उल्लेख गरेको छ ।
काठमाडौं, बैशाख १५ : राजेन्द्र लिङदेन नेतृत्वको संसदीय उपसमितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पक्षबाट तत्काल २ अर्ब २२ करोड असुल गर्नुपर्ने सिफारिससहित प्रतिवेदन बुझाएको छ ।
संसद्को सार्वजनिक लेखा समिति अन्तर्गत बनेको लिङदेन संयोजकत्वमा गठित संसदीय उपसमितिले यस्तो सिफारिस गरेको हो ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा अनियममता भएको दाबीसहित लेखा समितिमा परेको उजुरीमा समितिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष तथा सांसद् रहेका लिङदेन नेतृत्वमा उपसमित बनाएर अध्ययन शुरु गरेको थियो ।
समितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पक्षबाट तत्काल २ अर्ब २२ करोड असुल गर्नुपर्ने देखिएको प्रतिवेदनमा उल्लेख गरेको छ । सोमबार लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई अध्ययन प्रतिवेदन बुझाक्ष्एको छ ।
मुल सम्झौताको प्रावधानविपरीत कर छुट दिएर आर्थिक अनियमितता गर्ने मनसायबाट नयाँ कार्यान्वयन सम्झौता गरिएको प्रतिवेदनले औंल्याएको छ । कुल २ अर्ब २२ करोड ४० लाख रुपैयाँ बराबर अनियमितता देखिएको किटान प्रतिवेदनले गरेको छ ।