Kathmandu Press

पोखरा विमानास्थल अध्ययन प्रतिवेदन :  तत्काल २ अर्ब २२ करोड असुल गर्नुपर्ने सिफारिस

समितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पक्षबाट तत्काल २ अर्ब २२ करोड असुल गर्नुपर्ने देखिएको प्रतिवेदनमा उल्लेख गरेको छ ।
पोखरा विमानास्थल अध्ययन प्रतिवेदन :  तत्काल २ अर्ब २२ करोड असुल गर्नुपर्ने सिफारिस

काठमाडौं, बैशाख १५ : राजेन्द्र लिङदेन नेतृत्वको संसदीय उपसमितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पक्षबाट तत्काल २ अर्ब २२ करोड असुल गर्नुपर्ने सिफारिससहित प्रतिवेदन बुझाएको छ । 

संसद्को सार्वजनिक लेखा समिति अन्तर्गत बनेको लिङदेन संयोजकत्वमा गठित संसदीय उपसमितिले यस्तो सिफारिस गरेको हो ।

Hardik ivf

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा अनियममता भएको दाबीसहित लेखा समितिमा परेको उजुरीमा समितिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष तथा सांसद् रहेका लिङदेन नेतृत्वमा उपसमित बनाएर अध्ययन शुरु गरेको थियो ।

समितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पक्षबाट तत्काल २ अर्ब २२ करोड असुल गर्नुपर्ने देखिएको प्रतिवेदनमा उल्लेख गरेको छ । सोमबार लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई अध्ययन प्रतिवेदन बुझाक्ष्एको छ ।

मुल सम्झौताको प्रावधानविपरीत कर छुट दिएर आर्थिक अनियमितता गर्ने मनसायबाट नयाँ कार्यान्वयन सम्झौता गरिएको प्रतिवेदनले औंल्याएको छ । कुल २ अर्ब २२ करोड ४० लाख रुपैयाँ बराबर अनियमितता देखिएको किटान प्रतिवेदनले गरेको छ । 

प्रकाशित मिति: १७:३० बजे, सोमबार, वैशाख १५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्