आवासीय चिकित्सकलाई ४८,७३७ निर्वाह भत्ता दिने निर्णय

काठमाडौं, वैशाख १५ : निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई ४८ हजार ७३७ रुपैयाँ निर्वाह भत्ता दिने निर्णय भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बसेको चिकित्सा शिक्षा आयोगको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकलले आवासीय चिकित्सक आन्दोलन फिर्ता गरी आफ्नो काम र अध्ययनमा फर्कन समेत आवासीय चिकित्सकलाई आग्रह सेमत गरेको छ ।
बैठकले निजी मेडिकल कलेजको मागलाई ध्यानमा राखेर स्नातक एमबिबिएस र बिडिएसको सिट संख्या र शुल्क संरचना पुनरावलोकनका लागि गठित ११ सदस्यीय कार्यदलले सुझावसहित दिएको प्रतिवदनलाई स्वीकार गरेको छ ।
निर्वाह भत्ता सरकारले तोकेको जति बनाउन माग गर्दै आवासीय चिकित्सक आन्दोलनमा उत्रेका थिए । उनीहरु केही दिनदेखि सेवा नै बहिस्कार गर्दै आन्दोलनमा उत्रिएका छन् ।
प्रकाशित मिति: १७:१६ बजे, सोमबार, वैशाख १५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![नयाँ बसपार्कमा लाग्याे दसैं, यात्रुको घुइँचो [तस्बिररू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-19_17443265-1791548708.jpg)
-1791548477.jpg)