Kathmandu Press

संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौं, वैशाख १५ : शिक्षकहरुका माग सम्बोधन गर्न भन्दै विपक्षी दलहरूले संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव लगेका छन्।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे प्रस्तावक रहेको प्रस्तावको समर्थकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियार, नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवर रहेका छन् ।

Hardik ivf

उक्त प्रस्तावमा आम जनता पार्टी आजपाका अध्यक्ष प्रभु साह र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सीको पनि समर्थन रहेको छ ।

विपक्षी दलहरुको प्रश्तावमा विगतमा नेपाल सरकार र नेपाल शिक्षक महासंघ बीच भएका सम्झौताहरु कार्यान्वयनको लागि नेपाल शिक्षक महासंघको आव्हानमा २७ औं दिनसम्म जारी शिक्षक सडक आन्दोलदनप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

विगत लामो समयदेखि आफ्नो पेशागत हक अधिकारका लागि आन्दोलनरत चिकित्सकहरुको आवाजलाई समेत सरकारले वेवास्ता गर्दै आइरहेको प्रश्तावमा जनाइएको छ । 

प्रकाशित मिति: १६:२४ बजे, सोमबार, वैशाख १५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्